माछापुच्छ्रे बैंकले बनायो पोखरालाई ‘क्यूआर’मय

पोखरा । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा.लि तथा सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रवारदेखि एकैसाथ क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ ।
डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका तीन स्थानमा एकैपटक भव्य क्यु.आर कोड समुद्घाटन गरेको हो ।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रवार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका का .मु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा समारोहको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा सृजना कार्की लगायतको समेत उपस्थिती रहेको थियो ।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु.आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका का.मु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?