पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको ‘डिजिटल दान पेटिका’ शुभारम्भ

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटी संकलनार्थ क्यूआर कोड (QR Code)को सेवा शुरु गरेको छ । शुक्रवार एक औपचारीक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त ‘डिजिटल दान पेटिका’को उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल, बैंक अफ काठमाण्डू लिमिटेडका संचालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्त लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भमा गभर्नर अधिकारीले डिजिटल दान पेटिकाको त्तच् ऋयमभ स्क्यान गरी डिजिटल तवरले दान गरी समुद्घाटन गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले अब उपरान्त पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सम्बोधन गर्दै बैंक अफ काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत पन्तले यस नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाईरहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?