साइबर सुरक्षाका लागि आफ्नो छुट्टै एप ल्याउँदै भारतीय सेना

एजेन्सी । गोपनीयतालाई मध्यनजर गर्दै भारतीय सेनाले आफैं तयार गरेको म्यासेजिङ एप आउँदो अप्रिल १ तारिखबाट प्रयोगमा ल्याउने भएको छ । हाल साइबर सुरक्षा प्रमाणीकरणको क्रममा रहेको उक्त एप भारतीय सैनिककै एक कर्मचारीले निर्माण गरेका हुन् । सो एप ह्वाट्स एप, टेलिग्राम, सम्वाद लगायतका एप जस्तै ‘एण्ड टु एण्ड इनक्रिप्सन’ प्रोटोकलमा आधारित भएकाले सुरक्षित रहेको सैनिक प्रमुख एमएम नाराभानलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सैनिकले इन्टरनेटका लागि सुरक्षित मानिएको एप्लिकेसन (एसएआई) म्यासेजिङ निर्माण गरिरहेको नाराभानेले बताएका छन् । उनका अनुसार उक्त एसएआई सैनिकको आन्तरिक प्रयोजनका लागि मात्रै बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?