एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्तोडिलमार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तोडिलमार्फत किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम  ५०० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकहरुले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ ।

बैंक र सस्तोडिलबीचको समझदारीअनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिवार एन आई सी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी मौकाको फाइदा उठाउन सक्नेछन् ।

यसका लागि ग्राहकले सामग्री गरिद गरेको कुल रकम भुक्तानी गर्नुपर्नेछ र त्यसको सात कार्य दिनपछि बैंकले नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरेको छ ।

यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिएका ग्राहकहरु सहभागी हुन सक्नेछन् । यसका लागि ग्राहकहरूले बैंकको iServe डिजिटल सेवा (https://iserve.nicasiabank.com)मा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?