पल शाह पुगे प्रहरी कार्यालय

काठमाडौँ– मोडल तथा नायक पल शाह ईलाका प्रहरी कार्यालय धरानमा उपस्थित भएका छन् ।

उनीबिरुद्ध नेपाल चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बिहिवार उजुरी गरेपछि छलफलका लागि शाह प्रहरी कार्यालयमा उपस्थित भएका हुन्। महासंघका अध्यक्ष प्रधानले आफूलाई कुटपिट गरेको भन्दै शाह र उनका सहायक कृष्ण जोशीविरुद्ध उजुरी दिएका थिए।

छलफलपछि प्रधान, नायक शाह र उनका सहायक जोशीबीच लिखित सहमति भएको छ। तिनै जनाले आ-आफ्नो कमजोरी स्वीकार्दै सहमति जनाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?