ओली दिमाग खराब गर्ने मान्छे, खाने र देखाउने दाँत अर्कै रहेछ- प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘दिमाग खराब गर्ने’ व्यक्ति भएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनसँग कुराकानी गर्दै उनले आफूसहित  उपाध्यक्ष वामदेव गौतम र बरिष्ट नेता माधवकुमार नेपाललाई एकैदिन एकै आश्वासन दिएर झुक्याउन खोजेको बताए । प्रधानमन्त्री ओलीले आफैले हस्ताक्षर गरेको संविधान मिचेको भन्दै उनको खाने र देखाउने दाँत अर्कै भएको टिप्पणी गरे ।

उनले ओलीसँग एकता हुन नसक्ने बताएका छन्।  ‘केही मान्छेलाई बोलाउँदै अब प्रचण्डलाई ध्वस्तै पार्दै भन्दै हुनुहुन्छ। संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्डलाई ध्वस्तै पार्छु भन्दै हुनुहुन्छ। उहाँसँग कसरी पार्टी एकता हुन सक्छ?,’ प्रचण्डले भने।

प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । एक प्रसङ्गमा प्रचण्डले आफू भारतीय नेता र जनतामाझ लोकप्रिय रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?