कांग्रेस र जसपासँग मिलेर सरकार बनाउँदा भारत र चीन दुवैका लागि फाइदा- प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता समीकरण गर्दा भारत र चीन दुवैका लागि फाइदाजनक हुने टिप्पणी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनसँग कुराकानी गर्दै उनले सवैको हितका लागि कांग्रेस र जसपासँग समीकरण गर्नुपर्ने बताएका हुन् । उनले कांग्रेस वा जनता समाजवादी पार्टी जुनसुकै पार्टीबाट पनि प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । उनले आफूले प्रधानमन्त्री पदको दाबी नगर्ने बताएका छन् ।

यस्तै उनले ओलीसँग एकता हुन नसक्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?