म प्रधानमन्त्रीको दाबी गर्दिन, कांग्रेस र जसपाबाट पनि प्रधानमन्त्री बन्न सक्छ – प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफूले प्रधानमन्त्री पदको दाबी नगर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जुनसुकै पार्टीबाट पनि प्रधानमन्त्री बन्न सक्ने बताएका हुन् ।

यस्तै उनले ओलीसँग एकता हुन नसक्ने बताएका छन्।  ‘केही मान्छेलाई बोलाउँदै अब प्रचण्डलाई ध्वस्तै पार्दै भन्दै हुनुहुन्छ। संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्डलाई ध्वस्तै पार्छु भन्दै हुनुहुन्छ। उहाँसँग कसरी पार्टी एकता हुन सक्छ?,’ प्रचण्डले भने।

उनले पार्टी फुटी नै सकेको हुनाले निर्वाचन आयोगले छिटो फैसला दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?