महिला लघुवित्तको आइपीओ: बाँडफाँड भएको १२ घण्टा बित्यो, रिजल्ट रहस्यमै

काठमाडौँ– महिला लघुवित्तले निष्काशन गरेको आइपीओ शुक्रवार बाँडफाँड भयो । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओमा  १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भयो । १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाए । आवेदन दिएका मध्ये १५ लाख २ हजार ५ सय ३५ जना आवेदक हात खाली भए ।

तर विडम्बना महिला लघुवित्त वित्तिय संस्थाको आइपीओ बाँडफाँड भएको १२ घण्टा बित्दा पनि अधिकांशले नतिजा हेर्न पाएका छैनन् । यसभन्दा अगाडि धेरै अनलाईनले निःशुल्क रुपमा आईपीओको नतिजा हेर्न मिल्ने ब्यवस्था गरेको भएपनि यसपटक सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)ले गोपनियताको कारण भन्दै तीनवटा वेवसाइटबाट मात्र नतिजा हेर्ने व्यवस्था गरेको थियो ।सीडीएससीको आफनै वेबसाइट मेरो शेयर, महिला लघुवित्तको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको वेबसाइटमा नतिजा हेर्न व्यवस्था गरेको भनिएपनि यी तीनवटै वेवसाइटमा अहिलेसम्म पनि समस्या देखिएको छ।

आइपीओ भरेका सबै जना यी तीन वटा वेबसाइटमा ओइरिएपछि सर्भर डाउन भएको हो । आइपीओ आफूलाई परे-नपरेको दिनभरमा पनि थाहा नपाएको भन्दै सामाजिक संजालहरूमा आक्रोस पोखिएका छन् ।

कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

अर्कोतिर मेरोशेयरमा समस्या आउँदा लगानीकर्ताहरु बिना कारण क्लोज आउटमा पर्न सक्ने देखिएको छ । लगानीकर्ताहरुले बिहिबार बेचेको शेयरको आज शुक्रबारसम्म  डिआईएस अर्थात शेयर ट्रान्सफर गरिसक्नु पर्ने छ ।  यदि नगरेमा लगानीकर्ताले २० प्रतिशत जरिवाना तिर्नु पर्ने ब्यबस्था छ । अधिकांश लगानीकर्ताले मेरो शेयरमा रहेको ईडिआईएस सेवा मार्फत शेयर ट्रान्सफर गर्दै आएका छन् । तर मेरोशेयर नचल्दा लगानीकर्ताहरु क्लोज आउटको जरिवानामा परिने हो कि भन्दै चिन्तित भएका छन् ।

आईपिओको नतिजा विस्तारै अन्य दिनमा  पनि हेर्न सकिने भएपनि शेयर ट्रान्सफरको लागि पर्खन मिल्दैन । ५ वटै लगानीकर्ता संघहरुले पनि गत बुधबार मात्र लगानीकर्ताको कमीकमजोरी नहुदा नहुदै  मेरोशेयर कै कारण लगानीकर्ताहरु क्लोज आउटमा पारेर दैनिक करोडौ घाटा बेहोर्नु परेको उल्लेख गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?