नेपाल प्रहरीका ११ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले फागुन महिनाबाटै लागू हुने गरी एसपी सरुवा गरेका हुन्।

गोरखामा शेखर खनाल, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्ली मगर, महोत्तरीमा दिनेश कुमार आचार्य र बर्दियाको प्रहरी प्रमुुखमा ईश्‍वर कार्कीलाई सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरु सबैको सरुवा फागुन महिनाभित्रै लागू हुने गरी भएको हो ।

गृह मन्त्रालयले पनि आज शुक्रबार नै प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी  सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?