प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउन सिफारिस

काठमाडौँ– सरकारले फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिसको निर्णय गरेको हो। प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रवार पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको थियो । अदालतले १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?