भन्सार र राजस्व अनुसन्धान विभागका महानिर्देशक अर्थ मन्त्रालय तानिए

भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालयमा तानिएका छन् ।  भन्सार विभागको महानिर्देशक रहेका दाहाललाई अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा तानिएको हो । उनले अर्थ मन्त्रालयलको प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् ।

भन्सार विभागको महानिर्देशकका रुपमा मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा रहेका यमलाल भुसाललाई पठाइएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली पनि मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा तानिएका छन् ।

मन्त्रालयका प्रवक्तासमेत रहेका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. रामप्रसाद घिमिरे मन्त्रालयकै आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?