बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको सचिवालयले जानकारी दिएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च्ले १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश जारी गरेको थियो । आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?