फाल्गुन १५ गतेको राशिफल

लोकपथ
0
Shares

काठमाडौं । वि.सं. २०७७ साल फाल्गुन १५ गते, शनिबार, इ, स,२०२१ फेब्रुवरी २७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । तिथी– पूर्णिमा,१४ बजेर ४६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–मघा,११ बजेर ५२ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सुकर्मा,२० बजेर ४१ मिनेट उप्रान्त धृति । करण–बव,१४ बजेर १६ मिनेट उप्रान्त बालव,२५ बजेर ३६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेटमा,सूर्यास्त १८ बजेर ०२ मिनेटमा । दिनमान २८ घडी ४३ पला । श्रीस्वस्थानी व्रत समाप्ती ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्वन्धीत पेशा व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईले गरेको पेशा व्यावसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनोल आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रश्तुती प्रश्तुत गर्ने अवसर प्राप्त हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त,छिमेकी तथा दाजुभाईसँग घरायसी कुरामा राय वाजिनेछ । छोटो तथा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आट,शाहस तथा पराक्रम गर्न नसक्दा आतमा आईसकेको काम अरुकै हातमा पर्नेछ । विवाद तथा न्यायीक निर्णयहरु तपाईँको पक्षमा आउने छैनन् । प्रेममा मनमुटाव तथा धोका हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कार्यक्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृड बनाउन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडी वढी पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलव्धी मुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले व्यापारमा लगानी गरेपनि आम्दानी न्युन नै हुनेछ । आम्दानीका बाटाहरु साँघुरा हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । आफन्त तथा दाजुभाईको सहयोग नपाउदा कामहरु थाती रहनेछन् । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुःख दिन सक्छन् । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछी पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुुनेछ भने आफन्तहरु टाडिने हुदा मन खिन्न रहनेछ । तरपनि व्यापारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरिको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा बलियो उपस्थिती रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । प्रशासनि क्षेत्रमा गतिलो तथा सम्मानजनक उपश्थिति रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछी परिनेछ । व्यापारमा मन्दी आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यावसाय फस्टाएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुनेछ भने न्यायिक निर्णयहरु तपाईको पक्षका नहुँन सक्छन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मन कमजोर भएको अनुभूति हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केही समय लाग्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?