‘ह्यारी पोर्टर’ अभिनेत्री एमा वाटसनले अब अभिनय नगर्ने

हलिउडको प्रख्यात फिल्म सिरिज ‘ह्यारी पोर्टर’की अभिनेत्री एमी वाटसनले अभिनय छोड्ने निर्णय लिएकी छन् । सिरिजमा हरमायोनी ग्रैञ्जरको भूमिका निभाएर अभिनेत्री एमीले अभिनय छोड्ने निर्णय लिएकी हुन् ।

नौ वर्षको उमेरदेखि हलिउडमा सक्रिय एमाले अभिनय छोडेको उनका एजेन्टलाई उदृत गर्दै डेली मेलले जनाएको छ ।

उनले अभिनयबाट टाढिएर प्रेमी लियो रोबिनसनसँग बाँकी समय बिताउने निर्णय लिएकी समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?