तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन् : पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने बताएका छन् । आज शुक्रवार प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने भन्दै उनले हिम्मत भए अविश्वास प्रस्ताव ल्याएर देखाउन दाहाल–नेपाल समूहलाई ठाडो चुनौती दिएका छन् । उनले भने, “तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन्। संसदको सामना गर्छन्। हिम्मत छ भने अविश्वास प्रस्ताव ल्याएर देखाऊ”, उपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा विश्वास गर्ने भन्दै पोखरेलले आफूहरुले संसदले गर्ने निर्णय स्विकार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?