नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाले गुमाए ज्यान

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १ सय १२ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । पछिल्लो २४ घन्टामा ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७० हजार २७७ पुगेको छ।

त्यस्तै शुक्रवार कोरोना भाइरसको संक्रमणबाट ४ जनाले ज्यान गएको छ । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?