उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा ज्योति

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा शौरभ ज्योति मनोनित भएका छन् । ज्योतिलाई आज महासंघले सदस्य पदमा मनोनित गरेको हो ।

सदस्य पदमा मनोनित भएपछि ज्योतिले महासंघको आजै भएको कार्यसमिति सदस्य बैंठकमा पद तथा गोपनियताको सपथ लिएका छन् । ज्योति महासंघको ५४ औँ साधारणसभा तथा निर्वाचनमा उपाध्यक्ष पदमा रामचन्द्र संघईसँग झिनो मतले पराजित भएका थिए ।

गएको निर्वाचनमा गण्डकी प्रदेशको अध्यक्ष पदमा निर्वाचत संजिव कोइरालाको उम्मेदवारी विधान सम्मत नभएको भन्दै विवाद भएको थियो । सो प्रदेको अध्यक्ष पदमा निर्वाचित अध्यक्ष कोइरालालाई महासंघका अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियाताको शपथ खुवाएका छन् । यससँगै यस अघि भएको विवाद समेत समात्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?