पोग्बा अझै केहि साता मैदान बाहिर रहने

लोकपथ
0
Shares

काठमाडौं । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बा अझै केहि साता मैदान बाहिर रहने भएका छन् । दाहिने खुट्टाको इन्जुरीको कारण पोग्बा तीन साता यता मैदान बाहिर रहदै आएका छन् ।

फ्रान्सका मिडफिल्डर पोग्बाले एभर्टनसँगको खेलमा चोट बोकेका थिए ।

युनाईटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले पोग्बा थप हप्ता मैदान बाहिर रहने पुष्टि गरेका छन् । अब पोग्बाले प्रिमियर लिगमा चेल्सीविरुद्ध आइतवार हुने खेल गुमाउने छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?