कार्बन उत्सर्जन न्यूनीकरण गर्न विश्व बैंकले नेपाललाई ४५ मिलियन डलर दिने

काठमाडौं । वन फँडानीबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण गर्न नेपाललाई विश्व बैंकले सघाउने भएको छ । कार्बन उत्सर्जन न्यूनीकरण गर्न विश्व बैंकले नेपाललाई ४५ मिलियन अमेरिकी डलर (५ अर्ब २२ करोड रुपैयाँ) सहयता प्रदान गर्ने भएको हो ।

यो सम्झौतासँगै विश्व बैंकको वन कार्बन साझेदारी सहयोग (एफसीपीएफ) अभियानमा नेपाल समेत सहभागी भएको छ । यस उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौताअनुसार नेपालले तराईबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन कम हुने अपेक्षा गरिएको छ । कार्यक्रमले तराईको २४ लाख हेक्टर जमिनमा वन फँडानी दर घटाउने लक्ष्य लिएको छ ।

तराई क्षेत्रमा वन फँडानी कम गर्दै वनले ढाकेको क्षेत्रफल बिस्तार गर्न समेत उक्त रकम खर्च हुनेछ । सम्झौताअनुसार यो रकम नेपालले सन् २०२५ भित्र प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?