झापामा ३१ वर्षिया एकल महिलामाथि सामुहिक बलात्कार

लोकपथ
0
Shares

काठमाडौं । झापा जिल्लाको कनकाई नगरपालिका-३ सुरुङ्गा टप्पु क्षेत्रमा एक एकल महिलामाथि सामुहिक बलात्कार भएको छ । ३१ वर्षिया सिता (नाम परिवर्तित) महिलालाई कनकाई नगरपालिका-४ का २८ वर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० वर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलत्कार गरेर घाईते बनाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सिताको सुरुङ्गा बजारस्थित टप्पुमा रहेको डेरामा राती पुगि भुजेलले ढोका खोल्न लगाई मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रामेश थापाले लोकपथलाई बताए ।

उनीहरुले बलत्कार मात्रै नभई टोक्ने र हिर्काउदा महिला घाइते भएकी छिन् । महिलाको हाल उपचार भइरहेको डीएसपी थापाले बताए ।

बलत्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ ।

महिलाको श्रीमानको केहि वर्ष अघि नै मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?