नेपाली रेस्लर डेभिडले चीनमा रिङ रेस्लिङ खेल्ने

काठमाडौं । नेपाली रेस्लर डेभिड महर्जनले चीनमा आयोजना हुने रेस्लिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । आगामी वर्ष नेपाल चाईना मैत्रीपूर्ण एवं साँस्कृतीक सम्बन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तर्गत हुने रेस्लिङ प्रतियोगिताका लागि महर्जन छनोट भएका नेपाल रिङ रेस्लिङ एसोसिएसनले जनाएको छ ।

“आगामी वर्ष चीनमा नेपाल चीन मैत्रीपूर्ण एवम् साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउन ONE BELT ONE ROAD – Initiative अन्तर्गत हुने रेस्लिङ्ग प्रतियोगिताको लागि छनौट भएकोमा नेपाल रिङ्ग रेस्लिङ्ग संघकोतर्फबाट बधाई एवम् जीतको अग्रिम सुभकामना !” एसोसिएसनको आधिकारीक फेसबुक पेजमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?