१८ चैत्र २०७९, शनिवार

यहाँ बसेर लेखे वाल्मीकिले रामायण

२०७४,आश्विन,१९,बिहीवार ०१:०८

0
Shares

भक्तपुर, १९ असोज – भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट नदीको किनारमा बसेर वाल्मीकि ऋषिद्वारा रामायण लेखिएको दाबी गरिएको छ ।भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्रले उक्त क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको दाबी गर्दै आएको छ । विसं २०६७ मा केन्द्रले जनकपुरमा विभिन्न क्षेत्रका विद्वान् र इतिहासविद्सहितको उपस्थितिमा रामायण सम्मेलन गर्दा भक्तपुरको हनुमानघाटबाहेक अन्य क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि नभएकाले हनुमानघाटमा नै बसेर रामायण लेखिएको केन्द्रका अध्यक्ष चैतन्यराज देवकोटाले जानकारी दिए ।उनले भने , “हनुमानघाटमा रहेको वीर, भद्रा र तमसा नदीको त्रिवेणीको सङ्गम स्थलमा नजिकै बसेर वाल्मीकिले रामायण लेख्नुभएका हो, सो ठाउँबाहेक अन्य कुनै पनि स्थानमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि भएको छैन । ” आश्विन शुक्ल कोजाग्रत पूर्णिमाका दिन वाल्मीकि दिवस मनाइने गरिन्छ ।अहिले वीर, भद्रा र तमसा नदीको सङ्गमको छेउमा वाल्मीकिले पुस्तक च्यापेर रामायण लेखेको मूर्ति यथावत् छ । मूर्ति कहिले र कसले निर्माण गरिएको भन्ने प्रमाण अहिलेसम्म नभेटिएको देवकोटाले बताए । इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ वाल्मीकिले भक्तपुरको हनुमानघाटमा बसेर रामायण लेखेको शिलालेख नभेटिए पनि सो ठाउँमा वाल्मीकिको मूर्ति हुनु आफैँमा वाल्मीकिले सोही ठाउँमा बसेर रामायण लेखेको सशक्त प्रमाण भएको बताए, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०१:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८