‘स्पाइडर–मेनः नो वे होम’ डिसेम्बरमा

एजेन्सी । मार्वल स्टुडियोले निर्माण गर्न लागेको ‘स्पाइडर–मेनः नो वे होम’ यो वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । लामो समयको प्रतिक्षापछि मार्वलले ‘स्पाइडर–मेनः नो वे होम’को रिलिज मिति सार्वजनिक गरेको हो । यो फिल्म यसै वर्षको डिसेम्बर १७ मा रिलिज हुने मार्वलले आफ्नो आधिकारीक वेवसाइटमा जनाएको छ ।

पछिल्लो समय मार्वल फ्रेञ्चाइजका सबै फिल्महरु दर्शकको ध्यान तान्न सफल देखिएका छन् । यो फिल्मलाई मार्बलको सबैभन्दा महत्वपूर्ण फिल्ममध्ये एक मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?