दाङमा आफ्नै घरको आँगनमा मृत भेटिए सहायक प्रधानाध्यापक श्रीधर

लोकपथ
0
Shares

काठमाडौं । दाङमा एक शिक्षक आफ्नै घरको आँगनमै मृत फेला परेका छन् । लमडरुवा माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका घोराही उपमहानगर–१० सौंडिकुलाका ४३ वर्षीय श्रीधर घिमिरे शुक्रवार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका हुन् ।

‘शवको प्रकृति हेर्दा शौचलाय जाने क्रममा लडेर मृत्यु भएको हुनसक्छ । ‘प्रहरी घटनास्थल पुगिसकेको छ । हामी अनुसन्धान गर्दै छौं ।’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डीएसपी) मुकुन्दप्रसाद रिजालले बताए ।

श्रीमती र बच्चा माइत गएका कारण बिहीवार राति घिमिरे घरमा एक्लै रहेको र उनको मदिरासमेत भेटिएको उनले बताए ।

घिमिरेको शव गाला धस्सिएको र नाक, मुखबाट रगत आएको अवस्थामा फेला परेको र शरीरका अन्य भागमा भने कुनै चोटपटक नदेखिएको डीएसपी रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?