युनाईटेड युरोपा लिगको अन्तिम १६ मा

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीवार राति अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेलेको युनाईटेड समग्रमा ४-० को जितसहित अन्तिम १६ मा पुगेको हो ।

पहिलो लेगमा फराकिलो जित निकालेको युनाईटेडले दोस्रो लेगमा भने गोल गर्न सकेन । तर, पहिलो लेगमा निकालेको ४-० को जितले युनाईटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भयो ।

स्पेनिस क्लब सोसीडाडले भने पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो ।

खेलको १३ औं मिनेटमा मिकेल ओयार्जाबल पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?