कलाकारलाई हातपात गरेको आरोपमा पल शाहविरुद्ध प्रहरीमा उजुरी

लोकपथ
0
Shares

काठमाडौं । नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । कलाकार अरुण प्रधानलाई दुव्र्यवहार र हातपात गरेको आरोपमा नायक शाह र शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको इलाका प्रहरी कार्यालय धरानले लोकपथलाई जानकारी दियो ।

प्रधानको उजुरी परेपछि दुबै पक्षलाई प्रहरीले आज दिउँसो १ बजे छलफल गर्न प्रहरी कार्यालय बोलाएको छ । फेसबुकमा राखेको स्टाटसलाई लिएर दुवै पक्षबीच झगडा भएको थियो ।

धरान १० मा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले पल शाहलाई निमन्त्रणा गरेका थिए । शाह आउन नमानेपछि प्रधानले फेसबुकमा स्टाटस लेखेका थिए । स्टाटस लेखेको विषयमा शाहका सेक्रेटरीले अध्यक्ष प्रधानलाई मुक्का प्रहार गरेपछि उनले प्रहरीमा उजुरी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?