दरबार हाई स्कुललाई चीन सरकारद्वारा शैक्षिक सामाग्री सहयोग

लोकपथ
0
Shares

काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ ।

चीनको नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस सहयोग गरेको छ ।

आज (शुक्रवार) विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरेकी छिन् । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पूनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्षमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा ड्रेस सहयोग गरेको बताए । चिनियाँ सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै मन्त्री श्रेष्ठले राजदुत यान्छीलाई धन्यवाद समेत दिए ।

२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चिनियाँ सरकार आफैले विद्यालय भवनको निर्माण गरेको थियो । पुनर्निमाण पछाडि बनेको भवनमा रहेका कक्षा कोठाहरु ठूला, फराकीला र आधुनिक देखिएको छ ।

चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको थियो । पुनर्निमाणपछि विद्यालयमा पठनपाठन शुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?