स्वस्तिमा दक्षिण भारतीय चलचित्रमा अनुबन्धित

काठमाडौं । नायिका स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । दक्षिण भारतीय कम्पनी एञ्जल मारिया सिनेमाज्ले निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् ।

राजीव सेट्टीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा हुनेछ। चलचित्रको छायांकन अर्को महिनादेखि शुरु हुने बताइएको छ ।
चलचित्रमा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?