एकनाले भरुवा बन्दुकसहित पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । स्याङजामा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पुतलीबजार नगरपालिका-२ राङडान बस्ने ६९ वर्षीय डिल बहादुर गुरुङलाई १ थान एकनाले भरुवा बन्दुक सहित शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?