ललितपुरको मंगलबजारबाट सुन र नगद लुटपाट

लोकपथ
0
Shares

काठमाडौं । ललितपुरमा नगद तथा सुनको औंठी लुटपाट भएको छ ।

ललितपुर महानगरपालिका-१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट गोदावरी नगरपालिका-६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीवार बिहान लुटपाट भएको छ ।

थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार्थ राखी खुवाई बेहोस बनाई उनको साथबाट नगद र सुनको औठी लुटपाट भएको भन्ने बुझिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?