२०७७, १४ फाल्गुन शुक्रवार १२:२४

माफी नमागे प्रदेश १ मा पलका फिल्म चल्न नदिने निर्देशक प्रधानको चेतावनी


प्रकाशित मिति : २०७७, १४ फाल्गुन शुक्रवार १२:२४

काठमाडौं । चलचित्र निर्देशक अरुण कुमार प्रधानले आफूसँग पल शाहले लिखित माफी नमागे उनी अभिनीत चलचित्र प्रदेश नं १ मा चल्न नदिने चेतावनी दिएका छन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत रहेका प्रधानले चलचित्र सम्बन्धी संघ संस्थालाई समेत बोधार्थ लेख्दै पलले माफी नमागे कुटपिट मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

बिहीवार साँझ अभिनेता पल शाहको निर्देशनमा उनका सहयोगी कृष्ण जोशीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रधानले धरानको प्रहरी कार्यालयमा उजुरी दिएको खबर बाहिरिएको थियो । महासंघको आयोजनामा हुन लागेको अन्तरक्रियामा सहभागी हुन अनुरोध गर्दा पल र उनका सहयोगीले दुव्र्यवहार गरेको प्रधानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस