२६ माघ २०७९, बिहीवार

छिमेकीबाट बालिका असुरक्षित

२०७४,आश्विन,१९,बिहीवार ०१:०२

9
Shares

काठमाडौँ, १९ असोज – नेपालमा बलात्कृत बालिकामध्ये ४५ प्रतिशत छिमेकीबाट बलात्कार हुने गरेको एक अध्ययनले जनाएको छ । केन्द्रीय बालकल्याण समितिले २०७३ को साउनदेखि २०७४ असार मसान्तसम्मका विभिन्न सञ्चारमाध्यममा प्रकाशित बाल संरक्षणसँग सम्बन्धित घटना समावेश गरी तयार पारेको प्रतिवेदनमा ४५ प्रतिशत बालिका छिमेकीबाट बलात्कृत हुने गरेको तथ्य सार्वजनिक गरेको खबर गोरखापत्रमा छापिएको छ ।समितिले एक वर्षको अवधिमा सञ्चारमाध्यममा ९६ जना बालिका बलात्कार भएका घटना सार्वजनिक भएको जनाएको छ । समितिको प्रतिवेदनमा सबैभन्दा बढी छिमेकीबाट ४५ प्रतिशत (४३ जना), चिनजानको व्यक्तिबाट २९ प्रतिशत (२८ जना), आफ्नै बुवाबाट १३ प्रतिशत (१२ जना), शिक्षकबाट सात प्रतिशत (सात जना) र घरेलु श्रमिक बालिका मालिकबाट छ प्रतिशत (छ जना) बालिका बलात्कार भएको उल्लेख गरिएको छ ।प्रतिवेदनअनुसार ९६ बालिका बलात्कृतका घटनामा पीडकको रूपमा १२१ जना व्यक्ति प्रत्यक्ष संलग्न देखिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०१:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका–३ बस्ने ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेललाई मंगलबार प्रहरीले पक्राउ

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा

खोटाङ । दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७