कंगनाका कारण फेरि समस्यामा ऋतिक

एजेन्सी । अभिनेत्री कंगना रनौतका कारण अभिनेता ऋतिक रोशन फेरि एक पटक समस्यामा परेका छन् । कंगनाको ई–मेलसँग सम्बिन्धित मुद्दामा मुम्बई क्राइम ब्रान्चले ऋतिक रोशनलाई बयान दिनका लागि बोलाएपछि उनी समस्यामा फसेका हुन् ।

कंगनाले सन् २०१३ देखि सन् २०१४ को बीचमा ऋतिकले आफ्नो अकाउन्टबाट १०० भन्दा बढी व्यक्तिलाई ईमेल पठाइदिएको आरोप लगाउँदै आएकी थिइन् । उक्त आरोपको खण्डन गर्दै ऋतिकले सन् २०१५ मा कंगनामाथि छानबिन गर्न मुद्दा दायर गराएका थिए । झण्डै ७ वर्ष पुरानो सोही मुद्दामा बयानका लागि उनलाई बोलाएको हो ।

ऋतिक रोशनले शनिवार आफैं उपस्थित भएर अपराध शाखाको क्रिमिनल इन्टेलिजेन्स यूनिटमा आफ्नो बयान दिनुपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?