उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्न सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) क्षेत्रमा सहज रुपमा कर्जा विस्तार गर्ने सम्झौता भएको छ ।

सो समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले हस्ताक्षर गरेका छन् ।

दुवै संस्था बीच भएको समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न सहयोग पुग्ने भएको छ ।

त्यस्तै,उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रवर्द्धन गर्न आवश्यक कार्य गर्ने,एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र सो कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने लगायतका विषयमा सम्झौता भएको छ ।

महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवर्द्धनमा दुवै संस्था बीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । ‘आजबाट हामी सहकार्यको नयां मार्गतर्फ पाइला हालेका छौं, निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव सम्बोधन गर्नेछ । ’ उनले भने ।

एसमएमईजलाई सघाउन सके मात्र समृद्धि सम्भव हुने अधयक्ष गोल्छाको भनाई थियो । तयस्तै,बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्था बीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताउंदै बताएका छन् । ‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं, हामी बीचको सहकार्य निरन्तर अगाडी बढ्नेछ ।’ अध्यक्ष दाहालले भने ।

अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहुँच विस्तार भैसकेको भन्दै महासंघको यो सहकार्य पछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजीरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?