काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) आज शुक्रवार बाँडफाँड भएको छ । संस्थाले ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता शेयर ३७ हजार ५०० जनालाई १० कित्ताका दरले बाँडेको हो ।
आवेदक मध्ये १४ लाख ८१ हजार भन्दा बढि खाली हात फर्किएका र ३ हजार ३५३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जनाएको छ ।
महिला लघुबित्तले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र नतिजा हेर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया