काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई छिमेकी देश भारत र चीनका राजदूतले भेटघाट गरेका छन्। बिहीवार बेलुकी देउवा निवास बुढानिलकण्ठमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले छुट्टाछुट्टै भेट गरेका हुन् ।
हिजो पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सम्पन्न भएपछि दुई देशका राजदूतसँग देउवाको भेटघाट भएको पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
नेपालमा राजनीतिक रस्साकस्सी भइरहेका बेला छिमेकी मुलुकका राजदूतहरुले प्रमुख प्रतिपक्षी दलका नेतासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटमा के बिषयमा छलफल भयो भन्ने सार्वजनिक नगरिए पनि संसद पुनर्स्थापनापछि राजदूतहरुको यो भेटले सबैको ध्यान तानेको छ ।
चीनले प्रतिनिधिसभा विघटन र पुनर्स्थापनाको विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन भने भारतले यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया