एजेन्सी । प्रिमियर लिग क्लब आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको अन्तिम ३२ को दोस्रो लेगमा बेन्फिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम १६ मा पुगेको हो ।
पहिलो लेगमा पोर्चुगिज क्लबसँग १–१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४–३ को जितसहित प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
आर्सनलको जितमा पिअरे एम्रिक औबुमेयाङले दोहोरो गोल गर्दा किइरन टिअर्नेले एक गोल थपे। उता बेनफिकाका लागि डिओगो गोनकाल्भेस र राफा सिल्भाले १/१ गोल गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया