म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेलेको युनाईटेड समग्रमा ४-० को जितसहित अन्तिम १६ मा पुगेको हो ।

पहिलो लेगमा ४–० गोल अन्तरको फराकिलो जित निकालेको युनाईटेडले दोस्रो लेगमा भने गोल गर्न सकेन । पहिलो लेगमा ब्रुनो फर्नान्डेजले दोहोरो गोल गर्दा मार्कस रासफोर्ड र ड्यानियल सेम्सले समान १/१ गोल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?