काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११६ रुपैयाँ १७ पैसा कायम भएको छ ।
यसैगरी आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ८९ पैसा र बिक्रीदर १० रुपैयाँ ९५ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया