पल शाहविरुद्ध उजुरी, चलचित्रकर्मीलाई कुटपिट गरेको आरोप

काठमाडौँ– मोडल तथा नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक शाहले आफूलाई कुटपिट गरेको भन्दै उजुरी गरेका हुन् । उनले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको छ ।

नायक शाह म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका बेला उनीमाथि कुटपिट भएको प्रधानको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?