‘कसैको हर्ट अट्याक नहोस्, ओलीजी सन्यास लिएर विश्राम गर्नुहोस्’- माधव नेपाल

काठमाडौँ– नेकपा प्रचण्ड-नेपाल समूहका नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाएका छन्। बिहीवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा नेपालले यस्तो बताएका हुन् ।

प्रतिनिधि सभा विघटनको कदम गलत भन्ने सिद्ध भएको भन्दै उनले प्रधानमन्त्री ओलीले अब राजनीतिबाट सन्यास लिनुको विकल्प नभएको बताए । उनले भने, ‘ओलीले आरामले बिश्राम लिएर बसे हुन्छ।’

आफूहरूसँग पर्याप्त बहुमत भएको भन्दै उनले आफूहरूले संयुक्त सरकार बनाउने बताए । एक अर्को प्रसङ्गमा उनले आफूले प्रधानमन्त्रीको दाबी नगर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?