महिला लघुवित्तको आइपीओ शुक्रवार बाँडफाँड हुने, अनलाइनबाट हेर्न नपाइने

काठमाडौँ– महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रवार बिहान ८ बजे बाँडफाँड गरिने भएको छ ।

संस्थाले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि जारी गरेको १०० रुपैयाँ अंकित दरको ४ लाख कित्ता शेयर भोलि बाँडफाँड हुने भएको हो । संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिए भन्दा झण्डैं ६३ गुणाले नै बढी हो ।

संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि बिक्री खुला गरेको थियो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । जस अनुसार केवल ३७ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाउने छन् ।

हाल कम्पनीको चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ भने आइपिओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । संस्थाको उक्त आइपिओको रिजल्ट अनलाइन सञ्चारमाध्यमद्वारा हेर्न नपाइने भएको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लागू गरेको व्यवस्था अनुसार अब अनलाइन सञ्चारमाध्यमबाट नतिजा हेर्न नपाइने भएको हो ।

यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने 

लगानीकर्ताहरुले महिला लघुवित्तको आईपिओको नतिजा ३ तरिकाबाट मात्र आईपोओको नतिजा हेर्न पाउने छन् । सिडीएससी एण्ड क्लियारिङले आईपिओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र आईपिओको नतिजा हेर्न सक्ने ब्यबस्था गरेको हो ।

यस अघि लगानीकर्ताहरुले सहज रुपमा विभिन्न आर्थिक अनलाइन मिडिया मार्फत सहज रुपमा आफुलाई आईपिओ परेको वा नपरेको हेर्ने गरेका थिए । आईपिओको नतिजा आउँदा मेरोशेयर वेबसाइटमा समस्या आउने भएकोले लगानीकर्तालाई  अनलाइन मिडियामा नतिजा हेर्न सहज भएको थियो ।

अब भने सिडीएसले लगानीकर्ताको गोपनियताको हकको रुपमा रहेकोले आधिकारिक निकायलाई मात्र नतिजा दिने भएको हो । सिडीएसले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली अनुसार नै मिडियालाई नतिजा दिने कार्य रोकेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?