युरोपा लिग: आज १६ खेल हुँदै

काठमाडौँ– युरोपा लिग फुटबल अन्तर्गत आज १६ खेल हुँदैछ ।

अन्तिम ३२ को दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलले बेन्फिकासँग खेल्दैछ । आर्सनलले ग्रीसको एथेन्समा पोर्चुगिज क्लबसँग खेल्न लागेको हो । आर्सनल र बेन्फिकाबीचको खेल राति ११ः४० बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छन् ।

यस्तै बिहीबार राति नै हुने अर्को खेलमा म्यानचेस्टर युनाइटेडले रियल सोसिडाडसँग खेल्नेछ । लेष्टर सिटीले स्लाभियासँग भिड्दा रोमाले ब्रागासँग प्रतिस्पर्धा गर्नेछ ।

राति नै एसी मिलानले एफके क्रभेना तथा नापोलीले ग्रानडासँग भिड्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?