कोरोनाको कारण मृत्यु हुनेको संख्यामा थपिए ८३ जना

लोकपथ
0
Shares

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड – १९’ बाट भएका मृतकको संख्या आज (बिहीबार) संशोधन गर्दै ८३ जना थपेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिशमा हिजो ६१८ जना र आज ८३ जना थप गरी संशोधन गरिएको बताए ।

स्वास्थ्य मन्त्रालयले थप गरेका मृतकसँगै नेपालमा कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ ।

यसअघि गत भदौ महिनामा कोभिड १९ बाट भएको मृतकको तथ्याङ्कमा नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्याङ्क फरक आएपछि सोको बारेमा अध्ययन गर्न मन्त्रालयले एक समिति गठन गरेको थियो। सोही समितिको अध्ययन र सिफारिशको आधारमा मृतकको संख्या थपिएको डा. गौतमको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?