हराईरहेकी गर्भवती श्रीमती भेटाईदिनेलाई १ लाख डलर पुरस्कार दिने सिंहको घोषणा, प्रहरीको अनुमान अर्कै

लोकपथ
0
Shares

काठमाडौं – केही दिनदेखि हराइरहेकी आफ्नी श्रीमती खोजी गरि पत्ता लगाउनेलाई एक पुरुषले निकै ठूलो राशीको पुरस्कार घोषणा गरेका छन् ।

दुबई निवासी क्यानडेली नागरिक गिद्रे भाईस्काईती पाँचतारे होटल माल्दिभ्स ईण्टरकण्टिनेण्टल रिसोर्टबाट ११ दिनदेखि हराईरहेका कारण उनका श्रीमान् परमर गुर्सरञ्जित सिंहले खोजी गरिदिन अनुरोध गर्दै यो पुरस्कार राशि घोषणा गरेका हुन् । ति पुरुषले आफ्नो श्रीमती ८ महिनाको गर्भवती रहेको प्रहरी रिपोर्टमा लेखाएका छन् । उनको मार्चमा ‘डेलिभरी डेट’ दिईएको उनका श्रीमान् ले बताएका छन् ।

दुबईमा रहेका ति पुरुषले आफ्नी श्रीमती ३३ वर्षिया गिद्रेको बारेमा सूचना दिनेलाई १ लाख डलर पुरस्कार दिने घोषणा गरेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ छापेका छन् ।

श्रीमती श्रीमति गायब भएपछि पीडामा परेका सिंहले अन्तिम चोटी पत्नी एक्लै समुन्द्रमा पौडी खेलिरहेकी बताएका छन् ।

उनका अनुसार ति महिला राती करिब ७ बजे पौडी खेल्न होटलबाट निस्केकी थिईन् । त्यसपछि उनको अत्तोपत्तो छैन । परिवारले राती ९ बजे उनी हराएको बारे प्रहरीलाई जानकारी गराएको थियो। ति पुरुषको खबरका आधारमा ५ दिनको खोजीपछि दुबई प्रहरीले हराइरहेकी महिला समुन्द्रमा डुबेको हुन सक्ने अनुमान गरेको छ ।

उनले मिडियासँग भनेका छन् , ”हामी बस्ने रिसोर्टको स्विमिङ पुलमा निस्केका थियौँ । उनले म एकैछिन समुन्द्रमा नुहाएर आउँछु भनिन् । म कुरिरहेको थिएँ । त्यसपछि म केहिबेर सुत्न भनेर स्विमिङ पुल नजिकै रहेको हाम्रो रुममा गएर बेडमा पल्टे । जब निन्द्रा खुल्यो तब स्विमिङ पुलमा उनी थिईनन् । यताउता हेरेँ देखिन । आत्तिए । यताउता कराउँदै दौडिएँ । नजिकका मानिसहरुले पनि नदेखेको बताए । यो केहि मिनेटले यस्तो ठूलो तनाव र विछोडको पीडा देला भनेर मैले सोचेको थिईँन ।”

त्यहाँका प्रहरी अधिकारीले मिडियालाई दिएको जवाफमा भनेका छन्, हामीले खबरपाउनेबित्तिकै खोजी गरेका हौँ । ननस्टप ५ दिन धेरै ठूलो संख्यामा प्रहरी अधिकारीहरुले खोज्नुभएको हो । तर उहाँ भेटिनुभएन । हामीसाग बलियो शंका छ उहाँ समुद्रमा नै हराउनुभयो । अरु कुनै प्रमण र आधारहरु भेटिएको छैन । बरु उहाँ भेटिने संभाबना दिनानुदिन क्षीण बन्दै गएको छ ।

होलिडे मनाउन त्यहाँ पुगेका उनीहरु स्वास्थ्य मापदण्ड अनुसार क्वारेन्टाईन पनि बसेका थिए ।

उनी फेब्रुअरी १३ देखि हराइरहेकी छिन् । दुबई र क्यानडामा विजनेस गर्ने यी महिला हराएको कारण परिवारले अपहरणको समेत आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?