तपाँईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल

काठमाडौं । वि.सं. २०७७ साल फाल्गुन १४ गते । शुक्रवार । इ.स.२०२१ फेब्रुवरी २६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । तिथी– चतुर्दशी,१५ बजेर १८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–अश्लेषा,१२ बजेर ११ मिनेट उप्रान्त मघा । योग–अतिगण्ड,२२ बजेर ४७ मिनेट उप्रान्त सुकर्मा । करण– वणिज,१५ बजेर १८ मिनेट उप्रान्त भद्रा,२६ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–कर्कट,१२ बजेर ११ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३३ मिनेटमा,सूर्यास्त १८ बजेर ०१ मिनेटमा । दिनमान २८ घडी ३९ पला । शुपतिनाथको छायाँ दर्शन, पूर्णिमाव्रत ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गरी अरुको विश्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । बैक तथा वित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्वन्धीत कामहरुबाट शन्तुष्टी हुन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अरुकै काममा समय व्यातित हुँदा आफ्नो काम भने थाती रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापारमा मन्दी आएपनि कृषी तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । विश्वास गरेकै मानिसबाट धोका पाईनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाव बढ्ने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट असजिलो परिस्थितीमा साथ दिनेहरु कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला, बलजफ्ती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरुसँग मनमुटाव बढ्ने तथा छिमेकीहरुसँग विवाद हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक माहोलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईने हुनाले कामहरु तिव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समयमा लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय राम्रो रहेको छ । मध्यान्हबाट राजनीति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ । खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरीरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिससँग टाढिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेको छ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ति गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेकोछ सजक रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकोले व्यापार व्यावसायमा लगानी गरे पनि प्रतिफल भने ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अध्ययनमा अली बढी समय लगानी गरे राम्रै नतिजा हात पार्न सकिनेछ । बुवा तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खोज तथा अनुसन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएकाले सताउनेछ । व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफुतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला । रोग तथा संकटको सामना गर्नु पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यालयसँग सम्बन्धित काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु नै हाबी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा मावलीसँग सैद्धान्तिक राय बाजिनेछ । बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा बिलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । अधिकार स्थापित गरी ईज्जत प्रतिष्ठा जोगाउन सफल होईनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?