शबनम पुत्रको अनुनय : ‘मेरी आमालाई फाँसी होईन माफी दिनुहोस्’, अधिकारी भन्छन्,’चान्स कम छ’

लोकपथ
0
Shares

काठमाडौं – भारतमा मृत्युदण्डको सजाय पाएकी ३८ वर्षीया शबनमका छोराले राष्ट्रपतिसमक्ष गरेको अनुनयका कारण यतिबेला विश्वको ध्यान शबनमको फाँसी होला कि नहोला भन्नेमा केन्द्रित छ ।

मृत्युदण्डबाट बच्न उनले अन्तिम प्रयासस्वरुप अर्को दया याचिका दायर गर्दै मुद्दाको पुनरावलोकनको लागि अपील गरेकी छिन्। सन् २०१५ र २०२० मा सर्वोच्च अदालतले उनको मृत्युदण्डको समर्थन गरेकोमा नाबालक छोराको आमा भएको आधारमा उनले दयाको निवेदन दिएकी थिइन् र त्यो निवेदनलाई तत्कालीन भारतीय राष्ट्रपति स्वर्गीय प्रणव मुखर्जीले सन् २०१६ मा अस्वीकार गरेका थिए।

हाल उनका छोराले राष्ट्रपति अंकल मेरो आमालाई माफ गरिदिनुहोस् भन्दै याचना गरिरहेका छन् । नाबालककी आमा भएका कारण उनको मृत्युदण्ड नहोला कि भन्ने झिनो आश कतै रहेतापनि आमाबुबासहित ७ जनाको हत्या गरेकी यी महिलाप्रति दया देखाउने कमै छन् ।एक बालक आफ्नो हातमा मर्मस्पर्शी शब्दयाचनासहितको ‘प्लेकार्ड’ बोकेर आमाको रिहाईको माग गरिरहेका कारण भारतीय मिडियाले उनलाई निकै पच्छ्याएका छन् । । ति बालक अरु कोही होईनन् – भारतको अमरोहा जिल्लाको बाबनखेडी गाउँमा १५ अप्रिल २००८ को राती प्रेमीसँग मिलेर आफ्नो परिवारका सात सदस्यको हत्या गर्ने शबनमको छोरा हुन् । यो निर्मम हत्याका बेला यी बालक शबनमको पेटमा हुर्किरहेका थिए । अहिले शबनम र उनका प्रेमी अर्थात् ताज मोहम्मदका पिता सलिमको मृत्युदण्डलाई लिएर चर्को बहश भइरहेको छ । शबनम जुलाई २०१९ देखि रामपुर जेलमा छिन् । सलिम अर्कै जेलमा सजाय काटिरहेका छन् । हो, उनै ताजले आमाको रिहाईको माग गर्दै सो तस्वीरमा ताजले राष्ट्रपतिसँग आफ्नो आमाको रिहाई र अपराधको माफीका लागि याचना गरेका छन् ।

यसैबीच अमरोहाको एउटा ट्रायल अदालतमा शबनमका वकिल रहेका अरशद अन्सारीले भने यो मुद्दा फेरि खुल्ने सम्भावना अत्यन्तै कम भएको बताएका छन् ।

भेटमा भनेकी थिईन्, ‘म अपराधी आमा हुँ छोरा !’
प्रेमीसँग मिलेर आफ्नै परिवारका ७ जनाको निर्मम तरीकाले हत्या गरेकी शवनम प्रेमी सलिमको छोरा हुन् – ताज । उनी २००८ डिसेम्बर १३ मा मुरादाबादको जेलमा जन्मिएका हुन्। शबनमका छोरा ६ वर्ष ७ महिना र २१ दिन आमासँग जेलमा बसेका थिए । बाल कल्याण समितिले बच्चाको राम्रो लालनपालनका लागि ३० जुलाई २०१५ मा उनलाई बुलंदशहरको एक पत्रकार दम्पत्तिलाई सुम्पिएका थिए । उनी अहिले १२ वर्ष पूरा भएका छन् ।

बुलंदशहरको यो दम्पत्तिले जेलमा जन्मिएका ताज मोहम्मदलाई छोराका रुपमा अपनाएका छन् । बच्चाले आफ्नो आमा शबनमलाई ‘ठूली आमा’ भनेर सम्बोधन गर्छन् भने आफ्नो हेरचाह र पालनपोषण गरिरहेका ती दम्पत्तिलाई ‘सानो मम्मी’, ‘पापा’ भन्छन् । एकदिन ताजकी आमा शबनमलाई भेटाउन रामपुल जेलमा लैजाने क्रममा शबनम छोरालाई देखेपछि झम्टेर रोएकी थिईन् । उनी भक्कानो परेर रुन थालेपछि जेलमा सन्नाटा छाएको थियो । धेरै बेरसम्म शबनमले छोरालाई अँगालोमा बाँधेर रोईन् । सुम्सुम्याईन् । राम्रोसँग पढेर राम्रो मान्छे बन भनेर सम्झाईन् । उनले ‘म नराम्रो आमा हुँ, मलाई कहिले पनि याद नगर’ भनिन् ।

बच्चासँगै जेलमा पुगेका पत्रकार दम्पती जसले ताजलाई पालिरहेका छन् उनीहरुले मिडियामा भनेका छन्, ‘सायद उनलाई आफ्नो मृत्यु नजिकै आउन लागेको महशुस भयो होला। जेलबाट फर्किएपछि बच्चाले आफूहरुसँग ‘ठूलो मम्मी किन रोइरहेकी थिइन्, किन आफू नराम्रो मान्छे भनिरहेकी थिईन्, किन मलाई बारम्बार चुमिरहेकी थिइन्, मलाई याद नगर किन भनेकी थिईन् ? भनेर प्रश्न सोधिरहेका थिए । यी दम्पत्तिले शबनमको फाँसीको मिति निश्चित भएपछि हामी बच्चालाई अन्तिम पटक उनकी आमालाई भेट्न लानेछौं ।’ उनको लागि फाँसीको ‘डेथ वारन्ट’ डिजीसीले अन्तिम प्रतिवेदन पेश गरे पछि मात्र जारी गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वको ध्यान तानेको यो घटना के हो ?

१५ अप्रिल २००८ को रात । पानी परेको दिन । मध्यरात । 

आमा–बुवासहित ७ जनालाई बञ्चरो हानेर हत्या गरी जेल जीवन बिताइरहेकी शबनमलाई मृत्युदण्ड दिने तयारी भइरहँदा उनको काकाको परिवारले मृत्युदण्डपछि उनको शव नबुझ्ने प्रतिक्रिया दिएका छन् ।

यूपीको अमरोहा जिल्लाको बावनखेडी गाउँमा बस्ने उनीहरुले विभत्स हत्या गर्ने उनको शव बुझ्नु पनि अपराध हुने भनेका छन् ।

आफ्ना प्रेमी सलिमसँग मिलेर आमा–बुवासहित सात जनालाई बञ्चरोले काटेर हत्या गरेकी शबनमको भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको बावनखेडी गाउँमा यतिबेला मिडियाको चर्को आवतजावत छ ।

राष्ट्रपतिले दया याचिका खारेज गरिसकेका कारण शबनम र उनका प्रेमी जो फरक फरक जेलमा सजाय काटिरहेका छन् ।

दुबैको ‘डेथ वारेन्ट’ कुनै बेला पनि जारी हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शबनम भारतमा मृत्युदण्ड पाउने पहिलो महिला पनि हुन् । यसैकारण पनि उनको चर्चा छ । धेरैले उनको अपराधकर्मको सजाय जैसाका तैसा भनेर प्रतिक्रिया दिएका छन् । केहिले जेलमा नै सडाउनुपर्ने भन्ने पनि सुझाव दिएका छन् । बुलंदशहरको एक दम्पत्तिले उनका छोरा ताजलाई अपनाएका छन् । ६ कक्षामा पढ्ने उनी जेलमा जन्मिएका थिए । शबनमका यी छोराको एक पत्रकारको घरमा हुर्किरहेको छ । यो दम्पत्तिले हेरविचार गरिरहेको छ । बच्चाले ती दम्पत्तिलाई सानो मम्मी, पापा भन्छन् । शबनमलाई ठूली आमा । उनी ६ वर्ष ७ महिना र २१ दिन आमासँग जेलमा बसेका थिए । बाल कल्याण समितिले बच्चाको राम्रो लालनपालनका लागि ३० जुलाई २०१५ मा उनलाई बुलंदशहरको यी दम्पत्तिलाई सुम्पिएका थिए ।

यस्तो थियो कसुर 
परिवारले विवाहमा बाधा पुर्‍याइरहेका कारण आमाबुबासहित ७ जना परिवारको सदस्यको घाँटी रेटेर हत्या गरेकी शबनम त्यतिबेला गर्भवती समेत थिईन् । हत्या भएका सात लाशबीच जिउँदो बचेकी घरकी एक्ली छोरी शबनम चिच्याउँदै रोइरहेकी थिइन् । र आफूलाई पनि झण्डै मारेको भन्ने झुटो अभिव्यक्ति दिइरहेकी थिईन् । आफ्नै परिवारको त्यो पनि ७ जनाको विभत्स हत्या हुँदा ज्यान जोगाएको झुटो कबोल गरिरहेकी शबनमले सबैतिरबाट सहानुभूति पाइरहेकी थिइन् तर प्रहरीले ७२ घण्टाभित्रै घटनाबारे पर्दाफास गरिदिए । प्रहरी अनुसन्धानबाट शबनमले प्रेमी सलिमसँग मिलेर शुरुमा पूरा परिवारलाई दुधमा निद्रा लाग्ने औषधी खुवाएको र पछि घाँटी रेटेको खुलासा भयो । पछि पोष्टमार्टम रिपोर्ट आएपश्चात् घरभित्रै मारिएका सबैलाई सोही घरको परिसरमा एउटै लाइनमा राखेर गाडिएको छ । सो घरमा अहिले शबनमका काकाकाकी बस्छन् ।

यस्तो थियो नरसंहारको कारण


शबनम सलिमसँग विवाह गर्न चाहन्थिन् । उनीहरुको प्रेम सम्बन्ध झाँगिएको थियो । तर जात, पेशा र परिवारको स्ट्याण्डर्ड नमिलेका कारण शवनमको परिवारले यो विवाह र सम्बन्ध स्विकार्न चाहेको थिएन । कारण शबनमका पिता शिक्षक थिए र परिवार आर्थिक रुपमा सम्पन्न थियो । शबनम अस्थायी शिक्षिका थिइन् जो चाँडै नै स्थायी हुन लागेको थिइन् । शबनमले मन पराएका सलिम आरा मेसिनमा काम गर्दथे । उनले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् । हत्याकाण्डका बेला शबनमको उमेर २७ वर्ष थियो । २० २२ वर्ष उमेरमा नै विवाह हुने यस गाउँमा एमए पास शबनम गाउँकै एक स्कूलमा शिक्षिका थिइन् र थप पढ्न चाहन्थिन्। विवाहको प्रस्ताव घरमा आएपछि उनी सजिलै रिजेक्ट गरिदिन्थीन् र आफूले मन पराएको सलिमसँग विवाह गर्न पाउनुपर्ने जिद्दि अगाडी सार्थिन् । शबनम र सलिमको प्रेम प्रसंगबारे गाउँमा पनि हल्ला थियो । सलिम शबनमबीच प्रेम छ भन्ने थाहा भएपछि परिवारले शबनममाथि धेरै कुराहरुमा प्रतिबन्ध लगाएको थियो । भारतीय मिडियाले सलिमको ध्यान शबनमको मायामा भन्दा पनि उसको सम्पत्तिमाथि थियो। जब अविवाहित उनीहरुबीचको यौनसम्पर्कका कारण शबनम गर्भवती भईन् तब विवाहका लागि सलिमलाई दबाब दिन थालिन् । सलिम भन्थे हाम्रो मायामा ‘तेरो परिवार बीचमा छ’। सलिमले धेरैपटक शबनमलाई ‘तँ मलाई पाउनका लागि आफ्नो परिवारलाई नष्ट गर्न सक्छस् रु’ भनेर समेत सोध्थे । सलिमलाई लागेको थियो कि यो कुराले शबनम पछि हट्नेछिन् । तर शबनम एक केटाको लागि यतिसम्म गिरिन् कि आफ्नो परिवारको विभत्स हत्या गर्न उनीलाई धेरै बेर नै लागेन । उनै शबनम र सलिम दुबैजना भिन्न जेलमा बन्द छन् र मृत्युदण्डको सजाय कुरिरहेका छन् ।’

शबनमको घरमा अहिले उनका काका सत्तार अली र काकि फातिमाको परिवार बसिरहेको छ । उनीहरुको जग्गा जमिन पनि उनैले हेरिरहेका छन् । उनीहरु यो निर्ममतापूर्ण अपराध कथामा निकै कट्टर सुनिन्छन् । हामी उसको शव पनि बुझ्दैनौँ । बच्चा पनि नाजायज हो उसलाई यो सम्पत्ति किन दिने सरकारले किन ढिला गरेको होला मृत्युदण्ड दिन ।

मथुरा जेलमा फाँसी दिने तयारी ?


भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जेलमा रहेको फाँसी घर मर्मत गर्न थालिएको छ । मृत्युदण्डको सजाय पाएकी एक महिलालाई शबनमलाई फाँसी दिने तयारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँसी घर बनाइएको हो। यो जेलमा महिलालाई फाँसी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फाँसी दिइएको छैन । हालै जेल प्रशासनले कसुरदारलाई फाँसीमा झुण्ड्याउने जल्लादलाई दुई पटक फाँसी घरको निरीक्षण गराएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनकै सुझावका आधारमा फाँसी घरको मर्मत र फाँसीमा प्रयोग हुने डोरीसमेत जेल प्रशासनले मगाएको छ ।

सलिमको परिवार के भन्छन् ?

शबनम र सलिमको गाउँ नजिकै छ । सलिमको परिवार एक सामान्य परिवार हो । भारतीय सञ्चार माध्यमका अनुसार त्यहाँका मानिसहरु यो विषयमा खासै कुरा गर्नका मानेका छैनन् । ”जब हामी जेलमा सलिमलाई भेट्छौँ तब उसले आफूलाई त्यहाँबाट निकाल्न बिन्ति गर्छन् । मेरो छोराले यस्तो गर्न सक्ला भनेर म विश्वास पनि गर्न सक्दिनँ । आमा हुँ । यो मनमा कति दर्द होला ? जे सोच्छु जति पिर छ सबै भन्न नै सक्दिन । म प्रार्थना गर्छु कि अल्लाहले मेरो छोरालाई फिर्ता गरिदिउन् ।’’ उनकी आमाले एक मिडियामा भनेकी छिन् ।सलिम गाउँमा आरा मेशिन चलाउने अब्दूल रउफका छोरा हुन् ।

अयोध्‍या के महंत ने कहा-शबनम को फांसी नहीं माफी दें,वर्ना आएंगी आपदाएंभारतीय सञ्चारमाध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?