दिनमा सय ग्राम एभोकाडो खानुस्, यस्ता छन् फाइदा

काठमाडौं । केही समयअघि सम्म धेरैजनालाई एभोकाडोको नाम समेत थाहा थिएन । आजभोलि भने यो फलको माग बजारमा ह्वात्तै बढेको छ । सामान्यतया पाइने आँप, लिच्ची, स्याउ, केरा भन्दा मूल्यमा केही बढी पर्ने भएतापनि एभोकाडोको व्यापार दिनानुदिन बढ्ने क्रममै छ ।

एभोकाडोमा बीस वटा भिन्नभिन्न प्रकारका भिटामिन तथा खनिज पदार्थ पाइन्छ । एउटै फलमा धेरै प्रकारका पौष्टिक तत्व पाइने यो फल बहुगुणी मानिन्छ । यो स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ ।

मात्र १०० ग्राम एभोकाडोमा १४ प्रतिशत पोटासियम पाइन्छ भने २६ प्रतिशत भिटामिन के, २० प्रतिशत फोलेट, १७ प्रतिशत भिटामिन सी, १२ प्रतिशत भिटामिन बि६ लगायत पोषण तत्वहरु प्राप्त गर्न सकिन्छ ।

एभोकाडोका केही फाइदाहरु लोकपथले यस प्रकार समेटेको छः

सुपरफूड एभोकाडो

एउटै फलमा २० वटा पौष्टिक तत्व हुने भएकाले यसलाई सुपरफूड भन्नु गलत नहोला । एभोकाडोमा भिटामिन के, भिटामिन सी, भिटामिन इ, पोटासियम आदि पाइन्छ । स्वास्थ्यप्रति सजग रहने व्यक्तिहरुले एभोकाडोको सेवन गर्दछन् ।

मुटु सम्बन्धि रोगबाट बचाउने

एभोकाडोमा अत्याधिक मात्रामा पोटासियम पाइन्छ जो जुनसुकै फलफूल वा खानेकुरामा पनि हत्तपत्त पाइँदैन । यसले उच्च रक्तचापलाई घटाउने काम गर्दछ जसले हृदयघात, मृगौला सम्बन्धि रोग आदिबाट जोगाउने गर्दछ ।

फाइबरयुक्त

एभोकाडोमा पर्याप्त मात्रामा फाइबर हुने भएकाले तौल घटाउन चाहनेहरुका लागि यो निकै फाइदाजनक हुन्छ । साथै फाइबरले रगतमा हुने चिनीको मात्रा सन्तुलनमा राखेर मधुमेह रोगबाट पनि बचाउन मद्दत गर्दछ ।

एभोकाडो खानेहरु बढी स्वस्थ्य हुने

एभोकाडो सेवनका विषयमा गरिएको एक अध्ययनले यो देखाएको छ कि एभोकाडो नखाने भन्दा खाने व्यक्तिहरु बढी सुरक्षित पाइएका छन् । अरुको तुलनामा उनीहरुको तौल पनि कम हुने अनुसन्धानले पुष्टि गरेको छ ।

अन्य खानाको पौष्टिक तत्वलाई पनि बढाइदिने

एभोकाडोको विशेषता के पनि हो भने यो आफैमा पौष्टिक त भइहाल्यो त्यसका साथै यसले अन्य पौष्टिक तत्वलाई पनि सक्रिय बनाउँछ । ती खानेकुराको पोषणलाई उजागर गर्दछ ।

एभोकाडोले क्यान्सरको उपचामा गर्न मद्दत पुर्‍याउँछ

एक चिकित्सकीय अनुसन्धानका अनुसार एभोकाडोले क्यान्सरको उपचारमा पनि मद्दत पर्‍याउने भनिएको छ ।

यसका अतिरिक्त एभोकाडो एन्टी अक्सिडेन्टयुक्त हुने भएकाले यसले आँखाको स्वास्थ्यलाई पनि सुदृढिकरण गरिदिन्छ । कोलेस्ट्रोलको मात्रा घटाएर मुटु सम्बन्धि रोगबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?