उर्लाबारीका प्रवीन मृत्यु प्रकरण : हत्या कि स्वभाविक मृत्यु ? यस्तो छ प्रहरीको जवाफ

काठमाडौं । मोरङको उर्लाबारीका युवा प्रवीन बास्तोलाको मृत्यु प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनाविरुद्ध मुद्दा परेको छ ।

रहस्यमयी ढंगलले प्रवीनको मृत्यु भएको र प्रहरीले त्यसमा चासो नदेखाएको भन्दै परिवार तथा आफन्तहरुले आन्दोलन चर्काएपछि प्रहरीले ६ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरेको हो ।

उक्त घटनाबारे अनुसन्धानलाई थप मिहीन ढंगले अघि बढाउनका लागि संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

त्यस्तै उक्त प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरी अदालतमा समेत उपस्थित गरिसकेको छ ।

उर्लाबारी नगरपालिका-५ निवासी बास्तोलाको पुस ५ गते साथीसँगै सुतेको अवस्थामा बिहानपख मृत भेटिएका थिए ।

मृतकका परिवारले उनको मृत्यु नभइ हत्या भएको भन्दै प्रहरीले थप अनुसन्धान थालेको थियो ।

मृतकका बहिनी सदीक्षा बास्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरिरहेकी छिन् ।

प्रहरीले घटनाबारे गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले गत बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए ।

साथै खड्काले उक्त घटनामा संलग्नहरुलाई कुनैपनि हालतमा उम्किन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । भने पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमजोरी देखिएको आरोप लगाएका छन् । त्यसबारे पनि छानबिन भइरहेको प्रहरीको भनाइ छ ।

अनुसन्धानको क्रममा प्रहरीले बनाएको फाइलमा मृतकको ठाउँमा अरुको तस्वीर परेको थियो ।

सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन (मिसिल) बुझाउँदा मृतकको तीनवटा फोटो राखेको थियो जसमा एउटा फोटो भने अर्कै व्यक्तिको परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?